एक्जिट पोलमा मोदीले जित्ने भविष्यवाणीसँगै भारतीय सेयर बजारले राख्यो एतिहासिक रेकर्ड



भारतीय लोकसभा निर्वाचन सकिएलगत्तै विभिन्न मिडियामा आएका एक्जिट पोलहरुले नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टीले अग्रता लिएसँगै त्यहाँको सेयर बजारले एतिहासिक रेकर्ड कायम गरेको छ ।

सोमबार दिनभरी जबरदस्त खरिद भएपछि बम्बे स्टक एक्सचेन्ज (बीएसइ)मा सेयर बजारमा ३.७५ प्रतिशतले वृद्धि भयो । सेयर बजार १४२१.९० अंकले बढेर ३९३५२.६७ पुग्यो भने नेशनल स्टक एक्सचेन्जमा ३.६९ प्रतिशतले बढ्दा ४२१.१० अंकले बढेर ११८२८.२५ पुगेको छ ।

एक्जिट पोलमा मोदी सरकारको लोकप्रियता बढ्दै जाँदा सेयर बजारमा उत्साह देखिएको हो । सोमबार सेयर बजारमा मात्रै ६० सेकेन्डमा कम्पनीहरुको पुँजी ३.१८ लाख करोड भारतीय रुपैयाँले बढेको थियो ।

सुरुवाती कारोबारमा कुल बजार पुँजीकरण १,४९,७६,८९६ करोड भारुमा पुगेको छ । तीन वटा सत्रमा घरेलु कम्पनीको बजार पुँजीकरणमा ५.३९ लाख करोड भारु रकमको बढोत्तरी भएको छ । एजेन्सी


क्लिकमान्डु