भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट सातदोबाटोमा, उद्घाटनका अवसरमा १० प्रतिशत छुट



काठमाडौं । भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक मीनबहादुरले गुरुङले शुक्रबार (२०७६ जेठ ३ गते) उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । भाटभटेनी ग्रुपका अनुसार नयाँआउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।

उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भिडलागेको छ ।नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्डसेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको छ । त्यसले गर्दा नै नयाँआउटलेट खुलेकै दिन सर्वसाधारणको भिड लागेको हो । दैनिकउपभोग्यवस्तु, गार्मेन्टलगायत घरायसीआवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमापाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको हो ।

टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामाचुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमायसअघि नै सञ्चालनमाआइसकेका छन् । उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीकाआउटलेट छन् । इटहरी, नेपालगन्जमा, भैहरवामापनिनिकटभविष्यमै आउटलेट खोल्ने योजनाभाटभटेनी ग्रुपको छ ।


क्लिकमान्डु