सामान अायात गरेको भन्सार पनि तिर्न छाडे व्यापारीले, क-कसले तिरेनन् ? (सूचिसहित)



काठमाडौं । भन्सार जाँचपास परीक्षण कार्यालयले भन्सारबाट सामान आयात गर्दा भन्सार महशुल, मूल्य अभिवृद्धि कर र अन्त शुल्क नबुझाउने ४९ वटा कम्पनी सूचि सार्वजनिक गरेको छ ।

कार्यालयले विभिन्न समयमा पैठारीकर्ताहरुको निर्धारण गरिएको महशुल, अन्त शुल्क र मूल्य अभिवृद्धि कर रकम दाखिलाका लागि फोन तथा पत्राचारमार्फत जानकारी गराउँदासमेत रकम दाखिला नगरेको भन्दै शुक्रबार कम्पनीको सूची सार्वजनिक गरेको हो ।

कार्यालयले १५ दिनको समयसीमाभित्रमा आफूले रकम दाखिला गरेको भए सोको प्रमाण, कुनै न्यायीक निकायमा विचाराधीन भए सोको जानकारी र दाखिला गर्न बाँकी भए यथाशीघ्र बैंक राजस्व खातामा दाखिला गरी सक्कल बैंक भौचर कार्यालयमा पेश गर्नका लागि भनेको छ ।

यदि सो समयसीमाभित्रमा पनि दाखिला गरे भन्सार ऐन, २०६४ र भन्सार जाँचपास परीक्षण कार्यविधि, २०७५ बमोजिम सम्पत्ति एवम कारोबार रोक्का राखी बक्यौता असुलीतफ कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

यी हुन भन्सार शुल्क नतिर्ने कम्पनीहरु

 


क्लिकमान्डु