प्रभु बैंकले खुलायो ठुलो संख्यामा जागिर, कुन पदमा कति ?




काठमाठौ । प्रभु बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । प्रभु बैकद्धारा प्रकाशित सूचना अनुसार ६७ जना भन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजर/इन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, ब्रान्च म्यानेजर(चलिरहेका शाखाका लागि) ४ जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर २ जना, रिलेसनसिप अफिसर १० जना, मयानेजमेन्ट ट्रेनी केहि , टेलर/सिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि जागिर खुलाएको छ ।

विशेष गरी यी जागिर सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी खोलीएको बैंकले जनाएको छ ।


क्लिकमान्डु