सेयर बजारमा आकर्षण रहेको शिवम् सिमेन्टको नाफा १ अर्ब ५ करोड



काठमाडौं । पछिल्लो समय सेयर बजारमा निकै नै आकर्षक कम्पनीमा रहेको शिवम् सिमेन्टले चैत मसान्तसम्ममा १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार शिवम्ले १ अर्ब ५ करोड नाफा गरेको हो । अघिल्लो वर्ष शिवम्ले ९३ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड रुपैयाँको बिक्री गरेको छ । अघिल्लो वर्ष यस्तो बिक्री ७ अर्ब १० करोड रुपैयाँ थियो ।

कम्पनीको प्रति सेयर आम्दानी ३२.०९ रुपैयाँ रहेको छ ।


क्लिकमाण्डू