यस्तो कम्पनी जब एकैदिन आईपीओमा पर्यो ४ खर्ब रुपैयाँको आवेदन



ऊबर टेक्नोलोजी इंकले शुक्रबार जारी गरेको आईपीओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । पहिलो दिन कम्पनीमा ३ अर्ब ७० करोड अमेरिकी डलर अर्थात ४ खर्ब रुपैयाँभन्दा बढी रकमको आवेदन परेको छ ।

कम्पनीले आईपीओबाट ९ अर्ब डलर जुटाउने लक्ष्य लिएको छ ।

लगानीकर्ताको यो रकमलाई यदि ऊबरले चाहेमा यो लगानीकर्ताको यो रकमबाट उसले सन फ्रान्सिस्कोका प्रत्येक पाँच जनामध्ये एकलाई ब्रान्ड न्यू टोयोटा क्याम्री उपहार दिन सक्ने अनुमान गर्न सकिन्छ ।

फेसबुकपछाडि अमेरिकामा कुनैपनि कम्पनीका लागि परेको यो सबैभन्दा ठूलो आईपीओ हो ।

ब्लूमवर्गका अनुसार ऊबरका एक जना अर्को सह–संस्थापक र पूर्व कार्यकारी प्रमुखसँग ६ अर्ब डलरको सम्पत्ति छ ।

ऊबरको एप बनाउने सोच सन् २००८ मा बनाएका थिए । अहिले ऊबर विश्वका ६३ वटा देशमा कारोबार गरिरहेको छ । जसले प्रत्येक वर्ष ११ अर्ब डलर आम्दानी गर्छ ।

क्याम्पले एक पटक भनेका छन, ‘मेरो यस्तो सपना छ कि, म केही काम गरौं जुन मपछि पनि चलिरहोस ।’ कम्पनीका धेरै कर्मचारीहरु ऊबरलाई यहाँसम्म ल्याउनका लागि त्राविस कालानिकको भूमिका अत्यन्त महत्वपूर्ण मान्छन् ।
कालानिक कानूनी तथा नैतिक कारणका कारण कम्पनीबाट बाहिरिनु परेको थियो ।

एक पटक क्याम्प र कालानिक दुबै जना पेरिसमा थिए । उनीहरुलाई क्याबको जरुरी महसुस गरेका थिए । त्यसैबेलामा उनीहरुमा यो बिजनेसको आइडियाको जन्म भएको थियो । दुबै जनाले मिलेर कम्पनी सुरु गरे । र तीन वर्षसम्म एपमा कुनै पनि परिवर्तन भएन् । एजेन्सी


क्लिकमान्डु