नेपालमा लगानी मैत्री वातावरण बन्यो: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् ।

दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग भएको अन्तकृया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतिलाई प्राथमिकतमा राख्नुपर्ने बताए । ‘हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताए । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।

ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको जानकारी गराएका छन् । ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं’ प्रधानमन्त्री ओलीले भने,‘केही समय विभिन्न कारणले हामी पछि पर्यौं तर अब त्यो समय सकियो, हामी अघि बढ्छौं ।’


क्लिकमान्डु