महंगो भयो जमिन, शव गाड्नका लागि मात्रै साढे २ करोड खर्च



हङकङ विश्वको महंगो शहरमध्येको एक हो । यस्तोमा यहाँ बस्ने देशका मानिसहरुलाई महंगो भएका कारण समय–समयमा विभिन्न समस्या भोग्नुपर्छ । यस देशमा जमिन किन्न र घर बनाउनु निकै कठीन छ । हङकङमा जमिनको भाउ अत्यधिक बढ्दो क्रममा छ ।

जमिन महंगो हुँदा त्यहाँका मानिसलाई पछिल्लो समय आफन्तको शव गाड्नका लागि समेत जमिन महंगो पर्न थालेको छ । एकातिर जमिन अभाव हुँदै गएको छ भने अर्कोतर्फ जमिन निकै महंगो भएको छ । जसले गर्दा मानिसलाई जमिन किन्न पनि नसक्ने अवस्था सिर्जना भएको छ ।

जमिनको भाउ यसरी बढ्यो कि शव गाड्नका लागि आवश्यक २ गज जमिनका लागि मात्रै १ लाख ८० करोड पाउण्ड अर्थात साढे २ करोड रुपैयाँ तिर्नु परिरहेको छ । स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख भए अनुसार उक्त रकमले सुविधा सम्पन्न भवन बनाउन सकिन्छ ।

यो महंगाईबाट बच्नका लागि मानिसहरुले शवको अस्तु सरकारी लकरमा राख्न उपाय सुरु गरेका छन् । एउटा मात्रै जुत्ता अटाउन मिल्ने त्यस्ता सरकारी लकरमा अस्तु राख्दा प्रत्येक वर्ष करिब ३५ हजार रुपैयाँ बुझाउनु पर्छ । तर लकरमा राख्नका लागि समेत त्यहाँका मानिसलाई ४ वर्षसम्म कुर्न परिरहेको छ । ऐजेन्सी


क्लिकमान्डु