इन्फिनिटी लघुवित्तले दियो हुरीबाट पीडित भएका आफ्ना सदस्यलाई राहत



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले परवानीपुर र प्रसौनी अन्तर्गतका ८१ जना सदस्यहरुको घरमा राहत दिएको छ ।

८१ जना संस्थाको सदस्यको टर्नाडो आँधीमा परी क्ष्तिग्रस्त भएको हुँदा संस्थाबाट निज सदस्यहरुको स्वास्थ, गाँस बासको लागि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ २०७५ वैसाख ४ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले राहत वितरण गरे ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले सदस्यहरु संस्थाको अभिन्न अंग र संस्थागत परिवारको सदस्य भएको नाताले सदस्यहरुलाई दुख परेको यो घडिमा शान्त रहि पुन नयाँ दिन आउने आशा राख्दे दृढ रुपमा आफ्नो कार्यमा लाग्न समेत अनुरोध गरे ।


क्लिकमान्डु