पेरिसको नोट्रे डाम पुननिर्माणका लागि ३ परिवारको ७० करोड डलर प्रतिबद्धता



काठमाडौं । फान्सको परिसस्थित नोट्रे डाम टावर केहि दिन अघि जलेर ध्वस्त भयो ।

तर, ध्वस्त भएको केहि दिनमै फ्रान्सका तीन सर्वाधिक धनी परिवारले उक्त राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न ७० करोड डलरको कोष बनाउने भएका छन ।

३ वटा परिवार मिलेर ७० करोड डलरको कोष स्थापना गर्नुलाई राष्ट्रियताको नमुना काममा रुपमा हेरिएको छ । तीन परिवारका साथसाथै अन्य ठाउँबाट पनि सहयोग आउने क्रम जारी रहेको एनेन्सीहरुले उल्लेख गरेका छन । आगलागिबाट राष्ट्रले एउटा ऐतिहासिक ठाउँ गुमाएको र त्यसलाई पुननिर्माण गर्न देश र जनताले चासो देखाएका छन ।

फ्रान्सको पेरिसमा रहेको उक्त टावर पुर्ननिर्माणका लागि देश र जनता जुटिसकेका छन । नेपालको सन्दर्भमा भने भुकम्प गएको तीन वर्षभन्दा धेरै समय भइसक्दा पनि ऐतिहासिक धरहराको पुननिर्माणको कामले अझै गति लिन सकेको छैन । धरहरा निर्माणका लागि जनताले चासोपुर्वक हेरे पनि सम्वन्धित निकायहरुको काम गर्ने शैलि निकै ढिलो देखिएको छ ।


क्लिकमान्डु