यूनाइटेड सिमेन्ट्स आइएसओ ९००१ः२०१५ र आइएसओ ९००१ः २०१५ बाट सु–सज्जित



केएल दुगड ग्रुप अन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रालिले इन्टरनेशनल सर्टिफाइट सर्भिस प्रालि(आइसिएस)बाट आइएसओ ९००१ः२०१५ र क्वालिटी म्यानेजमेन्ट र आइएसओ १४००ः२०१५ वातावरिण व्यवस्थापन को प्रमाणपत्र द्वारा सु–सज्जित भएको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योग लाई प्रदान गरिएको छ ।

बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।

उच्च गुणस्तरको सिमेन्ट बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट्स आफ्नो गुणस्तरको कारण जनमानसमा लोकप्रिय बनेको छ र आफ्नो गुणस्तरलाई सधैं उत्तम तथा विश्वस्तरीय कायम गर्ने प्रतिबद्धता उद्योगले जनाएको छ । ग्राहकहरुमा समर्पित भई समय समयमा विभिन्न उत्साहबद्र्धक योजना बजारमा कार्यान्वयन गर्दै आएको उद्योगले जनाएको छ ।


क्लिकमान्डु