९९६ मोडलले विबादित भए चीनका दोस्रो धनी ज्याक मा, के हो ९९६ मोडल ?




काठमाडौ  । अलिबाबाका अर्वपति संस्थापक ज्याक मा पछिल्लो समय बिबादमा तानिएका छन । चीनको प्रविधि क्षेत्रमा सफलता हासिल गर्नका लागि काम गर्ने समय बढाउनु पर्नेमा  उनले जोड दिएका थिए । तर उनले यो धारणाका कारण सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको छ ।

अलिबाबाको एउटा कार्यक्रममा उनले कामदारले विहान ९ बजेदेखि राती ९ बजेसम्म काम गर्नुपर्ने बताएका थिए । हप्तामा ६ दिन दैनिक १२ घण्टाका दरले काम गर्ने धारणा राखेपछि उनी विबादित भएका हुन ।

उनले अलिबाबाको वीच्याट खातामा भनेका छन – मलाई लाग्छ हामीले ९९६ तालिकामा काम गर्नु एउटा बरदान हुनेछ । ९९६ तालिका भन्नाले विहान ९ देखि राती ९ बजेसम्म र हप्तामा ६ दिन काम गर्ने भन्ने बुझाउँछ ।

अलिबाबाका कामदारहरुलाई उनले भनेका छन– यदि तपाईहरु अलिबाबामा काम गर्न चाहानुहुन्छ भने तपाई दैनिक घण्टा काम गर्न तयार हुनुपर्छ ।


क्लिकमान्डु