सरकारले भन्याे- स्वास्थ बिमा अगाडि बढ्छ, उपचारकै लागि कसैले पनि सम्पत्ती बेच्नु पर्दैन



काठमाडौ । सरकारले ५५ जना ७० वर्ष पुरा गरेका वृद्धहरुको निशुल्क बिमा गरेको छ । बिमा गरिएका सबै लाई प्रधानमन्त्रीले प्रमाण पत्र वितरण गरेका छन ।

कार्यक्रममा प्रधानमन्त्री के.पी शर्मा ओलीले आफ्ना बुवा मोहन प्रसाद ओली र प्रधामन्त्री पत्नी राधिका शाक्यकि आमा धनमाया शाक्यलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली चेक हस्तान्तरण गुर्नका साथै स्वास्थ्य विमा कार्ड पनि दिएका छन ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले मानिस परिवारको स्वास्थ्यका कारण गरिब बन्दै गएको कारण त्यसलाई न्युनिकरण गर्न बिमा आवश्यक भएको बताए । उनले उपचारका लागि बिमा योजना आवश्यक रहेको बताए । यो योजना सगै कसैले पनि बिरामी पर्दा सम्पति बेच्न नपरोस भन्ने सरकारको उदेश्य रहेको उनले प्रष्ट पारेका छन ।

अर्थमन्त्री खतिवडाले सबै नागरिकलाई बैंक खाता खोल्न आग्रह गरे । उनले खाता खोल्दा प्रिमियम बुझाउन सकिने समेत बताए । बैंक खाता खोलेको खण्डमा अािर्थक गतिविधि पादर्शि हुने बताए । बैंक खाता खोली कारोबार गरेमा पैसा दुरुपयोग नहुने र सन्दुसमा चाबि लगाएर जनैमा चाबि बोक्न नपर्ने बताए । बैंक खाता खोले चोरी नहुने पनि उनले बताए ।

राष्ट्रिय पुँजि निर्माण गर्न पनि यसले सहयोग गर्ने उनको भनाइ छ । उनले खाता खोल्दा बैकले सय रुपैयाँ राखिदिने र त्यसमा २ सय रुपैयाँमा थपेर राख्न आग्रह गरे ।


क्लिकमान्डु