चर्चित भर्जिन रेल एक वर्षभित्र बन्द हुने




काठमाडौ । सन १९९७ देखि लण्डनमा सञ्चालन हुँदै आएको भर्जिन रेल आगामी एक वर्षभित्र बन्द हुने भएको छ । उक्त रेल रातो रेलका रुपमा पनि चिनिन्छ ।

सुविधा थप भई यात्रुहरुको प्रिय भए पनि पेन्सन विबादका कारण उक्त रेल सेवा बन्द हुन लागेको एजेन्सीहरुले बताएका छन । विगत २० वर्षदेखि लण्डनमा सञ्चालन हुँदै आएको उक्त रेल कम्पनीले हालै म्यानचेस्टर, लिभरपुल लगायत विभिन्न ठाँउमा विस्तार गर्न बनाएको योजना अस्वीकृत भएको छ ।

भर्जिन ग्रुप र स्टेजकोच ग्रुपका सर रिचार्ड ब्रान्सनको स्वामित्वमा रहेको उक्त रेल सेवा बन्द हुने अवस्थामा पुगेको हो । उनको ४९ प्रतिशत शेयर रहेको छ ।

तर यातायात विभागले भने भर्जिन रेलको बोलपत्र पेन्सन व्यवस्था अनुकुल नभएका कारण अस्वीकृत भएको जनाएको छ । यातायात विभागका प्रवक्ताले द इन्डिपेन्डेन्टसँगको कुराकानीमा भनेका छन– स्टेजकोच निकै अनुभवी संस्था हो र उसलाई बोलपत्र आहवान गर्ने सबै नियमहरु थाहा छ । तर सबै कुरा थाहा हुँदाहँुदै पनि स्थापित नियम नमानी बोलपत्र आहवान गर्नु त्यति सुहाउदो भएन जसले संंस्थाको इज्जतमाथिनै प्रश्न उठाँउछ ।

तर यातयात विभागको निणर्यप्रति लक्ष्यित गर्दै भर्जिन रेलका प्रवक्ताले भने– यातायात विभागको निणर्यले हामीलाई निराश बनाएको छ । हामीले विशेष सेवाहरु दिएर २० वर्षभन्दा धेरै सेवा दियौ । तर यो विबादले कुनै पनि यात्रुलाई प्रभाव पार्ने छैन किनकी भर्जिन रेल फ्रेनचाइज भर्सनमा भने सञ्चालनमा रहने छ ।


क्लिकमान्डु