चेक गणतन्त्रको भिसा सेवा अब नेपालमै पाइने




काडमाडौं । चेक रिपब्लिक जान चाहाने नेपालीहरुले अब नेपालबाटै भिसा सुविधा लिन सक्ने भएका छन । भिएफएस ग्लोबलले काठमाडौमा भिसा एप्लिकेशन सेन्टरको स्थापना गरेपछि उक्त सुविधा लिन सकिने भएको हो ।

मध्य युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा ल्याएको जनाएको छ । यसअघि चेक गणतन्त्र भिसा आवेदन प्रक्रियाका लागि आवेदकहरु भारतको नयाँ दिल्लीस्थित दूतावासमा जानुपर्ने बाध्यता थियो ।
नयाँ सुविधाको औपचारिक उद्घाटन भारतका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्का र नेपालका लागि अवैतनिक महावाणिज्यदूत विष्णु कुमार अग्रवालले शुक्रबार संयुक्त रुपमा गरेका छन । ।
सन् २०१८ मा चेक गणतन्त्रको भिसाका लागि भिसा आवेदन दिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको थियो । हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकोले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी कामकारबाही सुरु जनाएको छ ।
चेक गणतन्त्रसँगै भीएफएस ग्लोबलले नेपालबाट भिसा प्रक्रिया संचालन गर्ने मुलुकको संख्या २० पुगेको छ । भीएफएस ग्लोबलले सन् २००८ देखि चेक गणतन्त्रको सरकारसँग सहकार्य गर्दै आएको छ । हाल भीएफएस ग्लोबलले २५ मुलुकमा एक सयभन्दा बढी भिसा आवेदन केन्द्रहरु संचालन गरिरहेको छ ।


क्लिकमान्डु