हिमाल बचाउन वेलकम ऐजेन्सीले गर्यो त्रिपक्षिय सम्झौता



पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँउ भन्ने मुल नारा र उद्देश्यका साथ सगरमाथा र अन्य हिमाली क्षेत्रमा आरोहरणका क्रममा गरिएको फोहर र त्यस आसपासका क्षेत्रमा रहेको फोहर ब्यवस्थापनका लागि हिमाली क्षेत्रको फोहर व्यवस्थापनका क्षेत्रमा क्रियाशिल संस्था ग्लोवल कन्र्सन सेन्टर अफ् नेपाल र मठ मन्दिर, टोल तथा नदी लगाएत विभिन्न सामाजिक कार्यमा क्रियाशिल एड्मायर नेपाल बिच एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौता पत्रमा दुवैपक्षले नेपालको माउन्ट एभरेष्ट लगायत बिभिन्न ७ वटा हिमालहरुका साथै नेपाल बाहिरका ६ वटा देशहरु मा पनि विभिन्न हिमालहरुकोे सरसफाई गर्ने र फोहरहरु सङ्कलन गरि त्यसलाइ ब्यवस्थित रुपमा ब्यवस्थापन गर्ने÷गराउने कार्यमा सहकार्य गर्ने र दुवैपक्षले नेपाल भित्र एभरेष्ट लगायत कुन कुन हिमालहरु तथा अन्य कुन कुन देशहरुमा कुन कुन हिमालहरु को सरसफाई र आरोहण गर्ने र यि सबै हिमालहरु को आरोहण गर्न के—कति समय लाग्ने, र के कसरी गर्ने भन्ने वारे सम्पूर्ण जानकारी सहित कार्य थालनि गर्ने उल्लेख गरिएको छ ।

सो सम्झौता पत्रमा एक कार्यक्रमका बिच एड्मायर नेपालका तर्फबाट एड्मार नेपालका अध्यक्ष निता पौडेल र ग्लोवल कन्र्सन सेन्टर अफ् नेपालका अध्यक्ष पिके शेर्पा तथा वेलकम एड ग्रुपका अध्यक्ष निर्मल राज पौडेलको रोहबरमा वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालिमा सम्झौतामा हस्ताक्षर भएको छ ।


क्लिकमान्डु