चुनाबको मुखमा फेसबुकले हटायो भारतीय कङग्रेस सम्बद्ध ६ सय ८७ फेसबुक पेज




काठमाडौ । भारतमा निर्वाचन नजिक आएको बेला फेसबुकले भारतको प्रमुख प्रतिपक्षी दल कङग्रेससँग जोडिएका करिव ६ सय ८७ पेज हटाउन लागेको बताएको छ । सोसल मिडियामा अनैतिक गतिविधि गरेको आरोप लगाइएको छ ।

]फेसबुकले बताए अनुसार विभिन्न व्यक्तिहरुले फेक खाता प्रयोग गरी विभिन्न समुहमा जोडिएरु विभिन्न विषयवस्तु प्रचार गरेको पाइएको छ । उनीहरुको पोष्टमा स्थानीय समाचार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको आलोचना गरिएको फेसबुकले जनाएको छ ।

फेसबुकका साइबर सेक्युरिटी प्रमुख नथानियल ग्लेइचरले भनेका छन– फेसबुक प्रयोग गर्ने प्रयोगकर्ताहरुको परिचय खुलाइएको छैन र हाम्रो अनुसन्धानले ती व्यक्तिहरु भारतीय नेशनल कङग्रेससँग सम्बद्ध रहेको पाइएको छ ।

साथै उनको भनाइ अनुसार उक्त फेसबुक खाताहरु उनीहरुको व्यवहारलाई आधार मानी हटाउन लागिएको हो न की उनीहरुले पोष्ट गरेका विषयवस्तुका आधारमा होइन ।

यसका साथसाथै फेसबुकले भारतीय पाकिस्तानी सैनिकको पब्लिक रिलेशन विभागका कर्मचारीहरुलाई जोडेर बनाइएका करिब १०३ वटा पेज, ग्रुप र खाता समेत हटाउन लागेको छ ।

पछिल्लो समय फेसबुकलाई सुचना प्रबाहमा नियमन गर्न नसकेको विषयमा गम्भिर आरोप लाग्दै आएको छ ।

फेसबुकले आफ्नो नितीको उल्लङघन गर्ने भारतका थप २ सय २७ पेज र ९४ वटा खाता पहिल्यै हटाइसकेको समेत स्पष्ट पारेको छ ।


क्लिकमान्डु