चिनियाँ लगानीकर्तासँग चेम्बरको बिटूबी छलफल, कृषि र जलविद्युत्मा चिनियाँ लगानी गर्न तयार



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले चिनियाँ लगानीसँग बिटूबी छलफल आयोजना गरेको छ ।

चीनको युनानप्रान्तको वाणिज्य बिभागको निर्देशक युआनलिको नेतृत्वमा नेपाल आएक ११ सदस्यीय व्यावसायीक प्रतिनिधि मण्डल र नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चीन चेम्वर अफ कमर्सका पदाधिकारीहरु वीचको वैठकमा अध्यक्ष श्रेष्ठले नेपालचीनवीचको आर्थिक सम्वन्ध र नेपालमा लगानीको संभाव्यता तथा लगानी सम्मेलनबारे चर्चा गर्र्नु हुंदै उक्त कुरा बताए ।

। सो अवसरमा चिनीया प्रतिनिधि मण्डलका नेता युआनलिले युनान र नेपालवीच भौगोलिक सामिप्यता रहेकोले नेपालमा लगानी गर्न अनुकुलता रहेको बताउदै युनानप्रान्तले कृषि, उर्जा तथा मेशीनरी उत्पादनमा अग्रणी स्थान लिएको हुंदा यस्मा नेपालले लगानी प्रवद्र्धनको सिलसिलामा फाइदा लिन सक्ने बताए ।

उक्त छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चिनियाँलगानीकर्तालाई नेपालको कृषि, पर्यटन र ऊर्जामालगानीगर्न आग्रह गरेका थिए । ‘नेपाल र चीनबीच धेरै बस्तु आयात निर्यातमा भन्सार छुट छ नेपालमा चिनियाँ लगानीकर्तालाई लगानी गर्न सहजपनि छ,’ उनले भने, ‘पछिल्लो समय देशमा सरकारले लगानीको वातावरण बनाएकाले विदेशी लगानी सुरक्षित हुनुका साथै प्रतिफल समेत उच्च छ ।’

साथै उनले नेपालमाउत्पादितहर्वल, ह्याण्डीक्राफ्ट लगायतका बस्तुलाई चीनमानिर्यात गर्नकालागि स्थायी रुपमा प्रर्दशनी केन्द्र उपलब्ध गराईदिन समेत आग्रह गरेका थिए ।

यसैगरी कार्यक्रममा चीनको युनान प्रान्तका वाणिज्य विभागका निर्देशक युनलिनले आफुहरुले नेपालमा सयुक्त लगानीमा काम गर्न इच्छुक रहेको बताए ।

‘विशेषगरी कृषिउपकरण, जलविद्युतनिर्माणका लागिआवश्यक सामग्री र विभिन्न प्रकारका मेशिन निर्माणका लागि नेपालमै प्लाण्ट राख्न तयार छौं,’ निर्देशकलिनले भने, ‘हामीले युयान प्रान्तमापनि धेरै कृषि तथा जलविद्युतमा ठूलो फड्को मारेका छौं जुन कुरा नेपालमा पनिगर्न तयार छौं ।’

यसैगरी युयान जिन्फु ग्रूपले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको बताएको छ । हाल बंगलादेश, भियतनान, म्यानमार, इन्डोनेशियालगायत ६ वटा मुलुकमा कम्पनी नै स्थापना गरेर लगानी गर्दै आएको जानकारी दिँदै उपयुक्त वातावरण भएमा नेपालमा पनि तत्काल कम्पनी स्थापना गरी लगानी गर्ने जानकारी दिएको छ ।

यस्तै चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले चिनियाँ लगानीकर्तालाई नेपालमै प्लाण्ट स्थापना गरी कृषिउपकरण निर्माण गर्न आग्रह गरेका थिए । विशेषगरी ट्याक्टर, कृषिका लागि आवश्यक आधुनिक उपकरण सम्बन्धी प्लाण्ट स्थापना गर्न उनको आग्रह थियो । ‘नेपालमा कृषि तथा हर्वलको ठूलो सम्भावना छ,’ उनले भने, ‘त्यस्ता बस्तु नेपालमाउत्पादन गरी उच्च भ्यालुएड गरी निर्यात गर्न सकिन्छ ।’

कार्यक्रममा चीनको युनान प्रान्तका वाणिज्य विभागका निर्देशन तथा अन्य उच्चअधिकारीहरु, १ दर्जनभन्दा बढी चिनियाँ व्यवसायी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु तथा अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसैबीच चेम्बरले आजै भितनाम, भारत, इजराइल द.कोरिया लगायतका देशका व्यवसायी सँगपनि बीटूबी मिटिङ गर्ने भएको छ ।

उक्त अवसरमा चेम्वरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ तथा नेपाल चीन चेम्वर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष त्रिभुवनधर तुलाधरको पनि उपस्थिति रहेको थियो ।


क्लिकमान्डु