सिजीलाईफसेल द्वारा बिपएप सार्वजनिक



काठमाडौं ।  सूचना सम्प्रेषणमा सहजताल्याउने लक्ष्यका साथ सिजीलाईफसेलले बिपएप सार्वजनिक गरेको छ ।

सिजीलाईफ सेल चौधरी ग्रुपअन्तर्गत सूचनाप्रविधि क्षेत्रमाकामगर्ने नयाँ विजनेश भर्टिकलहो ।

बिपएप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कलगर्न र म्यासेज एवं फाईलको आदानप्रदानगर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धीजानकारी र समाचारहरुकाबारेमा सजिलै जानकारी प्राप्तगर्न सकिनेछ ।

‘डिजिटल नेपालनिर्माण गर्ने सरकारको लक्ष्यमाहामीजतिसक्दो योगदान पु¥याउन चाहान्छौँ’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यसबाट आम नेपालीनागरिकको अझै सर्वसुलभ रुपमा सूचनामापहुँचपुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

यो एपआईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगलप्ले स्टोर र एप्पलएप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
यस्ता छन् एपमा सुविधा

बिपएपमा मोबाईल फोनको भाषाअनुसार परिवर्तन गर्न सकिन्छ ।

कुनै पनीमोवाईल अपरेटरका ग्राहकहरुले बिपएप सजिलै प्रयोग गर्न सक्छन् ।
यसमाविभिन्नप्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरीकनखेल्न सकिन्छ ।
फलो मि र लोकेसन सेयर जस्ता बिशेषताहरु प्रयोग गर्न सकिन्छ ।

सरप्राईज पोइन्टद्वारा विभिन्नप्रकारका उपहारहरु जित्न सकिनेछ ।
बिपएपलाई ल्यापटप र डेक्सटपमा पनीप्रयोग गर्न सकिन्छ ।
१० जनाप्रयोगकर्ताले एकैसाथ भिडियो कलगर्न सकिन्छ ।


क्लिकमान्डु