मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा खुलायो जागिर



काठमाडौ । पछिल्लो समय विकास बैंकहरुमा आफुलाई अब्बल दर्जामा राख्न सफल मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा रोजगारी खुलाएको छ ।

बैंकको शाखा विस्तारको क्रममा काठमाडौ उपत्यकाभित्र र बाहिर विभिन्न ठाँउमा लागि कर्मचारी आवश्यक भएकाले रोजगारी खुलाएको बैंकले जनाएको छ ।

बैंकले रोजगारी खुलाएका पदहरु ब्रान्च म्यानेजर, स्मल एण्ड माइक्रो बैंकिङ म्यानेजर, रिलेसनसिप अफिसर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट रहेका छन । बैंकले सबै पदमा केहि सङख्यामा रोजगारी खुलाएको छ । कुन पदका लागि कति ब्यक्ति चाहिने भनेर ठ्याक्कै खुलाएको छैन ।


क्लिकमान्डु