९५ वर्षिय रोवर्ट क्युक बने मेलेसियाका सर्बाधिक धनी, यस्तो छ उनको कहानी !




काठमाडौ । रोवटै क्युक मलेसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन । उनी क्युक ग्रुपका मालिक हुन जसको होटल, रियल स्टेर र कमोडिटिजमा लगानी रहेको छ ।

९५ वर्षिय क्युकले सन १९७१ मा सिङगापुरमा अन्तराष्ट्रिय स्तरमा प्रख्यात साङग्रिला होेटल खोलेका थिए । उनको मुख्य आम्दानीको श्रोतमा पाल्म आयल, सिपीङ रहेका छन । उनी मलेसियाका नागरिक भएपनि हङकङमा बस्दै आएका छन । र्याफल कलेजबाट ब्याच्लर इन आर्ट साइन्स गरेका क्युक आठवटा सन्तानका बाबु हुन ।

क्युकले उनको व्यवसायिक जिवन सन १९४९ मा चामल, चिनी र गहुँको पिठो व्यापारबाट शुरु गरेका थिए ।

उनको अहिलेको कुल सम्पत्ति १२ अर्व ८० करोड अमेरिकी डलर रहेको फोब्रसले जनाएको छ । फोब्र्सले सार्वजनिक गरेको मलेसियाका सर्बाधिक ५० धनीहरुको सूचिमा क्युक पहिलो नम्बरमा परेका हुन ।


क्लिकमान्डु