किन गर्दैछ भक्सवागनले ७ हजार रोजगारी कटौती ?




काठमाडौ । जर्मनीको गाडि निर्माता कम्पनी भक्सवागनले सन २०२३ सम्ममा करिब सात हजार रोजगारी कटौती गर्ने योजना बनाएको जनाएको छ ।

विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । कटौतिमा पर्ने कर्मचारीलाई कम्पनीले अवकाश सुविधा प्रदान गर्ने बताएको छ ।

उक्त कम्पनीले बताए अनुसार आगामी वर्षहरुमा करिब ११ हजार कर्मचारी अवकाशका लागि योग्य हुनेछन् । प्रतिवर्ष करिब ६ अर्ब यूरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो ।

तर इलेन्ट्रोनिक्स र सफ्टवेयर विकासका क्षेत्रमा भने २ हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । यस क्षेत्रमा सिर्जित रोजगारीको सन २०२५ सम्म निश्चित हुने समेत बताइएको छ । भक्वागनका चिफ अपरेटिङ अफिसर राल्फ ब्राण्डस्टेइटरले कम्पनि इनेक्ट्रिक र डिजिटल एरा का लागि उपयुक्त बनाउने बताएका छन ।

भक्सवागन ब्राण्डका अधिकारीहरुले कम्पनीको फाइदा सन २०२२ सम्मका ६.० प्रतिशतले बृद्धि गर्ने उदेश्य समेत लिएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु