इन्फ्रास्ट्रक्चर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध



काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ ।

बैंकले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ ।

सम्झौतामा क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द« पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस अनुरुप बैंकका ग्राहकहरुले कम्पनीस‘ग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्पmत चेक राफसाफ गर्न सक्नेछन् । कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर बैंक कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् ।

क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीको लागि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत रियल टाईम विद्युतीय भुक्तानी गर्न यो प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।

चेक क्लियरिङ्ग प्रणालीमा ८१ बैंक-वित्तीय संस्थाहरु र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७६ बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् ।


क्लिकमान्डु