कोरियाले १० हजार नेपाली कामदार लैजाने, भाषा परीक्षाको आबेदन खुल्यो



काठमाडौ । कोरिया जान इच्छुक नेपालीहरुका लागि लिइने रोजगारा अनुमति प्रणली अर्थात इपिएस अन्तर्गत लिइने परीक्षाको फाराम खुलेको छ ।

इपिएस कोरिया शाखाका अनुसार भाषा परिक्षामा उर्तीण सङख्या उत्पालदनमूलक क्षेत्रतर्फ सात हजार पचास र कृषि तथा पशुपालन क्षेत्रतर्फ तीन हजार जना गरी कूल दश हजार पचास रहेकोे छ । साथै कोरियामा कामदारको माग अनुसार उतीर्ण संख्या थपघट हुन सक्ने समेत उक्त शाखाले बताएको छ ।

परिक्षा २०७६ साल जेठ २५ र २६ गते हुनेछ भने परिक्षा एक दिनमा २ सिफ्ट गरि संचालन हुनेछ ।

उक्त परिक्षामा सामेल हुन इच्छुक आबेदकहरुले उत्पादनमुलक क्षेत्रतर्फ एसेम्बल, मिजर्स, र जोइन मध्ये कुनै एउटा उपक्षेत्र छनौट गर्नुपर्नेछ । त्यसै गरी कृषि तथा पशुपालन क्षेत्रतर्फ फाराम भर्दा एग्रिकल्चर, लाइभस्टक मध्ये कुनै एक उपक्षेत्र छनौट गर्नुपर्नेछ ।

भाषा परीक्षामा उर्तिण परीक्षार्थीहरुले दोस्रो चरणको स्कील टेस्ट र कम्पीटेन्सी टेस्टमा समेत सहभागी भै उर्तीर्ण भएपछि मात्र रोजगार आवेदन भर्न सक्नेछन । दोस्रो चरणको टेस्टको विस्तृत विबरण प्रथम चरणको परीक्षाको नतिजा प्रकाशन पश्चात मात्रै प्रकाशन गरिने कोरिया शाखाले उल्लेख गरेको छ ।

आबेदन दिन इच्छुक आबेदकहरु नेपाली नागरिक हुनुपर्नेछ । त्यसैगरी उमेरको हकमा भने १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । फौजदारी अभियोगमा अदालतबाट सजाय पाएकाले भने आबेदन दिन पाउने छैनन । अन्य योग्यतामा गण्तन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको , कोरियामा इ–९ र इ– १० भिषाम दुई कार्यकाल वा पाँच वर्ष भन्दा बढी नबसेको, कलर ब्लाइन्डनेस र कलर वीकनेस नभएको रकेका छन ।

योग्यता पुगेका आबेदकहरुले आबेदन २०७५ साल चैत्र ८ गते देखि १७ गते सम्म दिन सक्नेछन । आबेदकहरुको परीक्षा काठमाडौ र पोखरा केन्द«बाट सञ्चालन हुने कोरिया शाखाले बताएको छ ।

परीक्षा शुल्क अमेरिकी २४ डलर लाग्नेछ ।


क्लिकमान्डु