निगममा १७४ जनाका लागि जागिरको अवसर



काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न २३ पदमा १७४ जनाका लागि आवेदन खुला गरेको छ ।

निगमले सूचना जारी गर्दै सिनियर, जुनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युपमेन्ट अपरेटरसम्मको लागि आवेदन खुला हुन्छ । उक्त पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायीरुपले पूर्ति हुने भएकाले योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्यूरोडमा आवेदन दिन सूचना जारी भएको छ । आवेदन दिने समय बिहान ११ देखि ३ बजेसम्म रहेको छ ।

आवेदन दिन इच्छुकले निगमको नेपाल बैंकमा रहेको खाता नम्बर ०००२–११–००१९४५६ मा भौचर जम्मा गर्नुपर्ने छ ।


क्लिकमान्डु