ऋणमा फसेका अनिल अम्बानीले ४ अर्ब ५३ करोड नबुझाए तीन महिना जेल जानुपर्ने



नयाँ दिल्ली । ऋणमा नराम्रोसँग फसेका भारतीय उद्योगी अनिल अम्बानीलाई थप समस्या आइलागेको छ ।

भारतीय सर्बोच्च अदालतले अनिल अम्बानीको कम्पनी धीरुभाई अम्बानी ग्रुप(एडिएजी)का दुई निर्देशकसँग जेल जानुपर्ने हुनसक्छ ।

सर्बोच्च अदालतले एरिक्सन इन्डियाले दायर गरेको मुद्दामा अनिल अम्बानी सहित दुईजना डारेक्टरलाई दोषी करार गरेको छ ।

यो विषय एरिक्सन इन्डियालाई ५ अर्ब ५० करोड दिने विषयमा हो । सर्बोच्चले फैसला आएको चार हप्ता भित्रमा ४ अर्ब ५३ अर्ब करोड भारतीय रुपैयाँ नदिए अनिल अम्बानी जेल जानुपर्ने भनेको छ । एरिक्सनले अनिल अम्बानीको विरुद्द मानहानीको मुद्दा दायर गरेको थियो ।

चारहप्ताभित्र अदालतले भनेको जरिवाना रकम चुक्ता नगरेमा अनिल अम्बानी तीन महिनाको लागि जेल जानुपर्ने हुन्छ । अनिल अम्बानीको कम्पनी रियालन्यस नराम्रोसँग कर्जामा डुबेको छ । उनले दाईको कम्पनी रिलायन्स जिओलाई सम्पत्ति बेच्न खोजेपनि अनिल अम्बानीका ऋणदाताले यो कुरा मानेका छैनन् । जसले गर्दा अनिल अम्बानी समस्यामा फसेका छन् ।ऐजेन्सी


क्लिकमान्डु