सरकारले आयात कडाई गर्न कानून ल्याउँदै



काठमाडौं । सरकारले बिलासीताका सामान आयातमा कडाई गर्ने भएको छ । यस्तै स्वेदशी उद्योगको प्रबद्र्धनका लागि विदेशबाट आउने सामानमा कडाई गर्ने भएको छ ।

माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेफगाड्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ पारित गर्दै सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताए ।

सेफगाड्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक पारित भएपछि विदेशबाट आउने बिलासीता सामानमा कडाईगर्न सरकारलाई सहयोग पुग्ने र स्वदेशी उद्योगको संरक्षणका लागि बैधानिक बाटो खुल्ने भएको छ ।

अहिले विदेशबाट कतिपय विलासी सामान आउने गरेको र त्यसले आन्तरिक उत्पादनको उपभोग घटाउनका साथै स्वदेशी उद्योगलाई नै धरासायी बनाउने अवस्थामा पुर्याएको बताइएको । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नका लागि ऐन आवश्यक भएको सरकारको दाबी छ ।

अहिले नेपालमा लेज, चिप्स, कुर्कुरेलगायत वस्तुहरु उत्पादन हुने गरेका छन् । नेपालमा यस्ता बस्तु उत्पादन भएपनि विदेशबाट पनि आयात पनि निकै हुँदै आएको छ । यति मात्र हैन, मलेसिया लगायतकादेशबाट खानेतेल पनि आयत भइरहेको छ । यो ऐन आएपछि नेपालमा उत्पादन हुने बस्तुको कतिसम्म उत्पादन गर्न सकिन्छ भनेर अध्ययन गरिने र आयात रोक्न पहल गर्ने सरकारको भनाई छ ।


क्लिकमान्डु