बैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै उजुरीको संख्या समेत घट्यो, मिलापत्रको लागि एकहप्ताको समय


काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएसँगै उजुरीको संख्या पनि कमी आएको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षमा उजुरीको संख्या १ हजार ५ ले घटेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७५÷७६ को ६ महिनाको अवधिमा ९५१ वटा उजुरी परेको छ भने आव आव ०७४÷७५ को सोहि अवधिमा १९५६ वटा उजुरी परेको छ । दुुवै आर्थिक वर्षको उजुरी व्यक्तिगत र संस्थागत तर्फको हो ।
उजुरीको संख्यामा कमी आउनुमा विदेश जानेको संख्यामा कमी आउनुको साथै विभागले मौखिक रुपमा विभागमा नआई म्यानपावर र उजुरीकर्तालाई मिलापत्रको लागि ३ देखि ७ दिनको समय दिने गरेकोले विभागमा उजुरी कम आउने गरेको एक अधिकारीले बताए । ‘वर्तमान श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टले वैदेशिक रोजागारीको गन्तव्य बन्दै आएको मलेसियालाई व्यवस्थित बनाउनको लागि भन्दै जेठ ३ यता श्रम स्वीकृत नदिनु पनि हो,’ ती अधिकारीले भने । जेठ ३ अघि म्यानपावर व्यवसायी मार्फत नेपाली श्रमिकहरु मलेसिया जाने गरेका थिए ।

विभागका अनुसार आव २०७५÷७६ को ६ महिनाको अवधिमा व्यक्तिगत तर्फ ३९७ वटा उजुरी परेको छ भने र संस्थागततर्फ ५५४ वटा उजुरी परेको छ ।
व्यक्तिगततर्फ परेको उजुरी मध्ये पुषमा मात्र ७६ वटा उजुरी परेको छ । आर्थिक वर्षको सुरुवातको चार महिना अर्थात् कार्तिकसम्म मात्र व्यक्तिगततर्फ ३९७ वटा उजुरी परेको छ ।

यस्तै संस्थागततर्फ परेको ५५४ उजुरी मध्ये पुष महिनामा मात्र १२० वटा उजुरी परेको छ । यस्तै आवको सुरु देखि कार्तिकसम्म भने ४३४ वटा उजुरी परेको छ ।

यस्तै उक्त उजुरी गत आर्थिक वर्ष २०७४÷७५ जम्मा १९५६ वटा उजुरी परेका छन् । जुन उजुरी व्यक्तिगत र संस्थागततर्फ गरेर हो ।
यस्तै आव ०७४÷७५ मा परेको १९५६ वटा उजुरी मध्ये पुष महिनामा मात्र १२६ वटा उजुरी परेको छ भने संस्थागततर्फ ८६ वटा उजुरी परेको छ । यस्तै आवको ३ महिना अर्थात् कार्तिकसम्म मात्र व्यक्तिगततर्फ ८८९ र संस्थागततर्फ ९४१ वटा उजुरी परेको छ । यस्तै आव ७४÷७५ मा कुल २१२९ वटा उजुरी परेको थियो ।
यस्तै यस आवको ६ महिनाको अवधिमा उजुरी कमी हुनुमा वैदेशिक रोजागार विभागका शाखा विस्तारले पनि सहयोग गरेको अधिकारीको भनाई छ । प्रदेश २ र ५ तथा पोखरा, सूर्खेत र धनगढीमा कार्यालय विस्तार हुदाँ त्यहाँ कार्यरत कर्मचारीहरुले श्रम स्वीकृत दिदाँ कुन कम्पनी, काम लगायतका सम्पूर्ण विवरण राम्रो सँग हेरेर मात्र पठाउने हुदाँ उजुरीमा कमी आएको हो ।
यसअघि दैनिक २ देखि ४ र मासिक ५० देखि ६० वटा उजुरी आउने गरेको थियो ।