चन्दा कोचरले बैंकबाट पाएको बोनस फर्काउनुपर्ने, आईसीआईसी बैंकले साढे ३ अर्ब भारु असूल्ने



आईसीआईसी बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत चन्दा कोचरले बैंकलाई ३ अर्ब ५० करोड भारतीय रुपैयाँ फर्काउनु पर्ने भएको छ ।

बैंकले कोचर बैंक छाडेको विषयर्ला सामान्य राजिनामा नलिएको र यसलाई ‘टर्मिनेशन अफ क्लोज’मानेको छ । यो भनेको बैंकले कोचरलाई बर्खास्त गरेको हो ।
इकोनोमिक्स टाइम्सका अनुसार सन् २००९ मा जारी भएको वित्तीय जानकारी अनुसार कोचरलाई ३ अर्ब ४३ करोड रुपैयाँ र १० करोड नगद बोनसको रुपमा मिलेको छ ।

इकोनोमिक्स टाइम्सका अनुसार बैंकको रिपोर्टमा उल्लेख भए अनुसार सन् २००९ देखि २०१८ बीचमा कोचरले ९४ लाख कित्ता सेयर लिएकी थिइन् । यो अवधीमा बैंकबाट लिएको सबै भुक्तानीको लागि बैंकले स्टक अप्सन मागेको छ ।

बैंकको रिपोर्टमा देखाए अनुसार सन् २००९ देखि २०१८ सम्म २००९ छोडेर हरेक वर्ष कोचरलाई सेयर पाएकी छन् । आईसीआईसीको सेयर मूल्य ३६५ रुपैयाँ छ। यो आधारमा यसको मूल्य ३ अर्ब ४३ करोड भारतीय रुपैयाँ हो ।

न्यायधीश बिएन श्रीकृष्ण कमिटिको बयान अनुसार आईसीआईसी बैंकले बैंकको आन्तरिक नीति अनुसार चन्दा कोचरको अहिलेको र आगामी अधिकारलाई फिर्ता लिने भएको हो ।

यसमा कोचरले पाउने धेरै सुविधा बैंकलाई फिर्ता गर्नुपर्ने हुन्छ । २००९ देखि २०१८ सम्म कोचरले १०.१२ करोड भारु बोनस पाएकी थिइन् । जुन उनले बैंकलाई फिर्ता गर्नुपर्ने भएको छ ।

भारतको निजी क्षेत्रको ठूलो बैंक आईसीआईसी बैंककी प्रमुख कोचरले आफ्ना श्रीमान दिप कोचरका साथी भिडियोकान समुहका एमडी बेणुगोपा धुतलाई १८ सय ७५ करोड भारतीय रुपैयाँ ऋण प्रवाह गरेकी थिइन् । यो विषयको जाँच भारतको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ ।


क्लिकमान्डु