छाया सरकारको अर्थमन्त्रीमा बिनोद चौधरीको दाबी



काठमाडौं । नेपाली कांग्रेसले गठन गर्न लागेको छाया सरकारको अर्थमन्त्रीमा बिनोद चौधरीले दाबी गरेका छन् ।

कांग्रेसले सरकारमाथि निगरानी बढाउनको लागि छाया सरकार गठन गर्ने र मन्त्रालय अनुसारकै छायामन्त्री समेत बनाउने निर्णय गरेको थियो ।

कांग्रेस संसदीय दलले ६३ जना सांसद्लाई कुन मन्त्रालयको छायामन्त्री बन्न मन लागेको त्यसको नाम टिपाउन भनेको थियो ।

चौधरीले छाया सरकारको अर्थमन्त्री बाहेक परराष्ट्र तथा उद्योग वाणिज्यमा पनि दाबी गरेका छन् ।
गतवर्ष प्रतिनिधिसभा निर्वाचन अगाडि चौधरी कांग्रेस प्रवेश गरेका थिए । त्यसअघि २०६४ सालमा उनी नेकपा एमालेबाट सभासद् थिए ।


क्लिकमान्डु