हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३ गुणा बढ्यो, नविकरण शुल्क २ लाख



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेजमा ऋण दिने कम्पनीको चुक्ता पुँजी तीन गुणा बढाएको छ ।

राष्ट्र बैंकले सोमबार हायर पर्चेज कम्पनीलाई स्विकृत दिने नीतिगत एव्म प्रक्रियागत व्यवस्था(दोस्रो संसोधन) जारी गर्दै यस्तो कम्पनीको पुँजी ३० करोड हुनुपर्ने व्यवस्था गरेको थियो ।

अहिले हायर पर्चेजमा ऋण दिने यस्तो कम्पनी पुँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीलाई पुँजीबृद्धिको लागि भने तीनवर्षको समय दिइसकेको छ ।

२०७७ असार मसान्तसम्ममा २० करोड र २०७८ असार मसान्तसम्ममा ३० करोड पुँजी पुग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तो कम्पनीले निक्षेप भने संकलन गर्ने पाउदैनन् ।

गाडी तथा मोटरसाइकल बिक्रेता कम्पनीसँग हायर पर्चेजका लागि ऋण दिने कम्पनी छन् । मुख्य रुपमा मोटरसाइकल खरिदका लागि यस्तो ऋण बढी जाने गरेको छ ।


क्लिकमान्डु