सम्पादक सत्यालद्वारा राजिनामा

क्लिकमान्डु २०७५ पुष २६ गते १६:२१ मा प्रकाशित

काठमाडौं । चाणक्य मिडिया प्रालिले संचालन गरेको क्लिकमाण्डू डटकमको सम्पादक पदबाट शिवप्रसाद सत्यालले राजिनामा दिएका छन् । बिहीबारदेखि लागु हुने गरेर दिएको राजिनामा व्यवस्थापनले स्वीकृत गरेको छ ।

व्यवस्थापनले २०७३ मंसिरदेखि अहिलेसम्म सम्पादक पदमा रहेर सत्यालले पुर्याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ । साथै, सत्यालको उज्ज्वल भविष्यको कामना पनि गरेको छ ।

तत्कालका लागि व्यवस्थापनले कार्यकारी सम्पादकको जिम्मेवारी पुष्प दुलाललाई दिने निर्णय गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स