पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब पेट्रोलको १०८ र डिजेलको ९५ रुपैयाँ पर्ने



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले १२ बजेदेखि लागु हुने गरेर पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाएको हो ।

नयाँ मूल्य सूचि अनुसार पेट्रोलको लिटरको १०८ र डिजलको ९५ रुपैयाँ पर्ने छ । निगमले स्वचालिन मूल्य प्रणाली अनुसार अन्तराष्ट्रिय बजार अनुसार मूल्य घटाएको हो ।


क्लिकमान्डु