ज्योति विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपका होटलमा विशेष छुट



काठमाण्डौ । ज्योति विकास बैंक लि. र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रालिबीच सहकार्य सम्झौता भएको छ ।

बैंकले  सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका होटेल तथा रेस्टुरेन्टका शाखा सञ्जालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

त्यस संस्था अन्तर्गत होटेल कैलाली सिद्घार्थ प्रालि, टिकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट प्रालि र भिऊ होटेल सिद्घार्थ प्रालि, नेपालगन्ज, सिद्घार्थ रिसोर्ट प्रालि, चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट प्रालि, चुम्लिङ्गटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट,बुटवल, होटेल सिद्घार्थ सुन्धारा, काठमाण्डौं, सिद्घार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रालि तिनकुने, काठमाण्डौं गरी हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिलकुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाई यो सुविधाको लाभ लिन सक्ने जनाइएको छ ।


क्लिकमान्डु