खानेपानी उद्योगमा विदेशी लगानी रोक्न उद्योग वाणिज्य महासंघको सुझाव



काठमाडौं । नेपाल उद्योग वााणिज्य महासंघले खानेपानी उद्योगमा विदेशी लगानी रोक्न माग गरेको छ ।

महासंघको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री डा युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग सुझाव दिदै खानेपानी उद्योगमा नेपालमा विदेशी लगानी आवश्यक नभएको जनाएको छ ।

पानीको सतह दिनप्रतिदिन घट्दै गएको हुँदा भएका उद्योगले समेत पानी नपाएको अवस्थामा ठूला विदेशी लगानीका उद्योगले भएका उद्योग संकटमा पर्ने भन्दै पानी उद्योगमा विदेशी लगानी आवश्यक नभएको सुझाव दिएको छ । पानीको सतह घट्ने र स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भएकोले यसमा विदेशी लगानी रोक्न महासंघले माग गरेको छ ।

सरकारले चैतमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी भित्राउनको लागि आवश्यक पर्ने कानूनहरु संसोधन गर्ने बचन उद्योगी व्यवसायीलाई दिएका थिए ।

मुख्य रुपमा विदेशी लगानी भित्राउनको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई सरकारले संसोधन गर्न लागेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७५ मा सुझाव दिदै ६ वटा बुँदामा संसोधन गर्न सुझाव दिएको छ ।

विधेयकमा विदेशी लगानीमा स्थापना भएको कम्पनीले आर्जन गरेको नाफाबाट पुनः नेपालमा लगानी गर्दा न्यूनतम रकमको सिमा तोकिने व्यवस्था गरेको छ । यसमा महासंघले विदेशी लगानीकर्ताले नाफा कमाएर यहा थप लगानी गर्दा सिमा नतोक्न सुझाव दिएको छ ।

यस्तै विधेयकमा सम्झौतामा तोकिएको भन्दा बढी रोयल्टी लैजान नपाउने व्यवस्था गरिएको छ । यसमा महासंघले रोयल्टी रकम सम्झौतामा उल्लेख भएको हुँदामा यसमा उल्लेख हुन आवश्यक नभएको सुझाव दिएको छ ।

यस्तो छ महासंघले बुझाएको सुझाव


क्लिकमान्डु