दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर, कुनको कतिमा पाइन्छ ?



काठमाडौँ । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता १५८ मा कारोवार भएको थियो ।

यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७०, जनता बैंकको १७४, एनसिसी बैंक १९९, नेपाल बङ्गलादेश बैंक १८९, मेघा बैंक १८६ मा कारोवार भएको छ ।

सिटिजन बैंकको २२२, कुमारी बैंक २४०, प्रभु बैंक २४०, सनराइज बैंकको प्रतिकित्ता २१६ मा कारोवार भएको छ ।

सिद्धार्थ बैंक ३०५, एनएमबी बैंंक ३५६, एनआइसी एशिया ३५७, नेपाल एसबिआइ बैंक ३९४, प्राइम कर्मसियल बैंक ३१५ मा खरीद बिक्री भएको छ । माछापुच्छ्रे बैंक २०४, कुमारी बैंक २४० मा कारोवार भएको छ ।

कृषि विकास बैंक ३२७, बैंक अफ काठमाडौँ ३०५ मा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक ३१४, हिमालयन बैंक ४४७, सिद्धार्थ बैंकको शेयर ३०५ मा कारोवार भएका छन् ।

यस्तै केही बैंकका शेयर मात्रै ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंकको शेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ ।

बिहीबार कारोवार भएका आधारमा नवील बैंक ८५०, नेपाल इन्भेस्टमेन्ट बैंक ६१९, एभरेष्ट बैंक ५२४, स्ट्याण्र्डड चार्टड बैंकको शेयर ५६५ मा खरीद बिक्री भएका छन् ।

विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामासमेत परेको छ ।

सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् । रासस


क्लिकमान्डु