सन नेपालले गर्यो विभिन्न चार स्थानमा बीमा जागरण कार्यक्रम



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंसिर १८ गते लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उल्लेख्य मात्रामा स्थानीय व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।


क्लिकमान्डु