जनता बैंकबाट अजोड इन्स्योरेन्सेका सबै सेवा पाइने



काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लि.बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मंसिर २० गते विहिवार सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले जानकारी दिए ।


क्लिकमान्डु