गरिमा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

मंसिर १८ गते मंगलबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटडको तर्फबाट सो कम्पनीका महाप्रबन्धक एसके तमोटले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटडको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।


क्लिकमान्डु