पुनर्बीमा लिमिटेडसँग रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता 



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालु आव २०७५\०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त व्यवस्थाले चालु आवको आरम्भदेखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने जनाइएको छ ।


क्लिकमान्डु