अजोड इन्स्योरेन्स र बयोधा हस्पिटलबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता



काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटलबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।

अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले सम्झौता गरेको जनाएको छ ।

यस अधि ब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसंग उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमापनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।


क्लिकमान्डु