एनआइसी एशिया र अजोडबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र एनआइसी एशिया बैंक लि.बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

मंसिर ५ गते आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु