जनरल इन्स्योरेन्स र कैलाश बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र कैलाश बिकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच मंसिर ०४ गते एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा बैंका प्रमुख कार्यकारी अधिकृत अमृमचरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सातवटै प्रदेशमा रहेका ७३ वटा शाखा कार्यालयबाट लिन सक्ने जनाइएको छ ।


क्लिकमान्डु