कुमारी बैंकबाट अजोड इन्स्योरेन्सका सबै सेवा पाइने



काठमाण्डौ । श्री अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

मंसिर २ गते आइतवार आयोजित एक कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।


क्लिकमान्डु