लुम्बिनीले महालक्ष्मी बैंकको सम्पत्ती र ग्राहकको बीमा गर्ने




काठमाण्डौ । महालक्ष्मी बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच आज बैंकास्युरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ, माकेएटिङ मेनेजर तीर्थराज पुरी तथा बैंकका तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र बरिष्ठ मार्केटिङ मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।

सो सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।


क्लिकमान्डु