सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ जीवन बीमा योजना ल्याएको छ । सानिमा दम्पत्ति(सावधिक) नामक यो योजनामा एउटै बीमा लेखमा श्रीमान्-श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ ।

यस नयाँ योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम सीमित रहेको छ । कम्पनीले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी यो योजना ल्याएको जनाएको छ ।

न्युनतम बीमा अवधि १५ वर्ष, अधिक्तम ३० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ ।

कम्पनीको प्रबिधिक तथा व्यवस्थापन समूह र जीवन बीमा व्यवसाय सम्बन्धमा विशेष योग्यता प्राप्त दक्ष बीमाङ्कीको समूहबाट विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना बजारमा ल्याएको इन्स्योरेन्सले जनाएको छ ।

बीमा समाप्ती मितिमा दम्पत्ति मध्ये दुवै वा कुनै एक जिवित रहेमा बीमाङ्क र पुरा अवधिको बोनस एक मुष्ट प्रदान गरिने छ । बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पत्ती मध्य कुनै एकको मृत्यु भएमा बीमाङ्क र रकम भुक्तानी गरिने छ ।

यस सानिमा दम्पत्ति जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गरी न्यूनतम २ वर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ । त्यस्तो बीमा लेखबाट बिमितले चाहेमा सम्पूर्ण मूल्य प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले सम्पूर्ण मूल्य निर्धारण गरिने छ र बीमा लेखको धितोमा सम्पूर्ण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ ।

बिमितले यो नयाँ बिमा योजनामा थप बीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ, अपाङ्ग र अशक्त सुविधा लिन सक्नेछन् ।


क्लिकमान्डु