एनसीसी बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु