महालक्ष्मी विकास बैंक र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्दै आएको छ ।

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि.का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहकाबीच बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि.बाट उक्त कम्पनीको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ८४ करोड रहको छ । बैंकले हालसम्म २६ अर्ब ५६ करोड निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।


क्लिकमान्डु