नेपाल पुनर्बीमा कम्पनी पाँचौ वर्षमा, केही महिनामा सर्वसाधारणलाई शेयर जारी गरिने




काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्थापनाको पाँचौ वर्ष प्रवेश गरेको छ ।

यस अवसरमा आयोजित कम्पनीको वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बचत बर्हिगमन हुनबाट रोक्ने कार्यमा अहम भूमिका खेलेको र नेपालको बीमा व्यवसायको विस्तार र विकासमा महत्वपूर्ण योगदान पु¥याई विद्यमान व्यापार घाटा कम गर्नसमेत महत्वपूर्ण भुमिका खेलेकोमा कम्पनीको खुलेर प्रशंसा गरे ।

आगामी दिनमा कम्पनीको क्षमता समेत बढ्दै जाने अपेक्षा समेत राखे । त्यसैगरी विमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले विदेशी बिमकहरुको पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी पुनर्बीमा सेवा दिन सफल भएकोमा कम्पनीलाई बधाई व्यक्त गरे ।

समारोहमा बोल्दै कम्पनीका अध्यक्ष महेशकुमार गुरागार्इँले नेपालको एकमात्र पुनर्बीमा कम्पनीको उद्देश्य नेपाली बीमा बजारको सुदृढीकरण गर्न बीमकहरुलाई सहयोग गर्नु रहेको कुरा प्रस्ट्याए ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमा व्यवसायलाई समय सापक्ष बनाउन आफ्नो दक्षता अभिबृद्धी गर्दै अन्तर्राष्ट्रियस्तरको पुर्नबीमा सेवा पुर्याउने प्रतिबद्धता जनाउँदै छिट्टै तेस्रो मुलुकमा शाखा स्थापना गरी सेवा विस्तार गर्ने र केही महिना भित्रै सर्वसाधारणलाई कम्पनीको शेयर जारी समेत गर्ने जानकारी गराए ।

साथै उक्त समारोहमा कम्पनीका उत्कृष्ट सेवा गर्ने कर्मचारी बिनिता खनाल र अनिता गौतमलाई नगद पुरस्कारका साथ सम्मान गरियो ।

नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको ८ अर्व ४० करोड चुक्ता पुँजी रहेकोमा यस आ.व मा करिब ४ अर्व प्रिमियम संकलन गरी १ अर्व १३ करोड नाफा आर्जन गर्न सफल रहेको छ ।


क्लिकमान्डु