जनरल इन्स्योरेन्स र लुम्बिनी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र लुम्बिनी बिकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच कात्तिक १९ गते एक कार्यक्रमका बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।


क्लिकमान्डु